Logo

समाचार

टिकापुर क्याम्पसमा नेबिसंघको प्यानल बिजयी



कैलाली । टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ । मंगलवार सम्पन्न निर्वाचनबाट अध्यक्षमा नेपाली कांग्नेस निकट नेविसंघका नृप थापा नेतृत्वको सम्पूर्ण प्यानल विजयी भएको हो ।

तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै सभापतिमा थापा ४७५ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सुन्दर विश्वकर्मा थापा ३४२ मतमा सिमित भए ।

यसैगरी, सभापतिका अन्य प्रतिस्पर्धी मध्ये नागरिक विद्यार्थी समाजका भीम चौधरीले २६६ र अखिल क्रान्तिकारीका भूपेन्द्र रावलले २३३ मत मात्रै  ल्याएका थिए ।

सचिवमा मनिराज भाट, कोषाध्यक्षमा अनिता डंगौंरा थारु, सदस्यमा कुलराज भाट, सरोज कुमार धामी, पार्वती कुमारी जोशी, निशा शाह, प्रदीपकुमार चौधरी, इन्द्रबहादुर विक र गिरेन्द्र बोहरा विजयी भएको निर्वाचन अधिकृत लालसिंह कार्कीले जानकारी दिए ।

सो क्याम्पसका १ हजार ६१२ विद्यार्थी मतदाता मध्ये १ हजार ३ सय ४३ जनाले मात्रै मत खसालेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ९ : ५९ बजे