Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौँ । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ४४ पैसा र बिक्री दर १३२ रूपैयाँ ०४ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ ५३ पैसा र बिक्री दर १४४ रूपैयाँ १९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ३१ पैसा र बिक्री दर १६५ रूपैयाँ ०६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : ११ बजे