Logo

Breaking News 1

तनहुँ १ बाट कांग्रेसका गोविन्द भट्टराईको मनोनयन दर्ता



काठमाडौँ । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले तनहुँ–१ को उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका छन्। उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन्।

यसअघि सो क्षेत्रबाट नेकपा (एमाले) का सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँ १ मा सांसद पद खाली भएको हो। सो क्षेत्रमा वैशाख १० गते निर्वाचन हुँदैछ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ३ : ५१ बजे