Logo

मनोरञ्जन

‘द रेनकारनेशन’ ब्याण्डको ‘एक्लै छु’ गीत बजारमा



काठमाडौं । ‘द रेनकारनेशन’ ब्याण्डको ‘एक्लै छु’ गीत बजारमा आएको छ । १९९८ मा स्थापना भएको यो ब्याण्डले यतिबेला दार्जलिङको विभिन्न शहरमा विभिन्न सोहरुमा आफ्नो कला प्रस्तुत गरिरहको छ । ‘द रेनकारनेशन’ ब्याण्डले दार्जलिङमा मात्र नभएर भारतीय स्तरका विभिन्न सोहरुमा सहभागि भएर अवार्ड समेत हात पारिसकेको छ ।

‘द रेनकारनेशन’ २०२१ मा दार्जलिङमा भएको रक कन्टेक्समा सहभागी भएर पहिलो समेत भएको थियो । ‘द रेनकारनेशन’ ब्याण्ड दार्जलिङबाट नै ‘गोर्खा रक्स’ एल्बम सार्वजनिक गरेको थियो । त्यसपछि ‘द रेनकारनेशन’ ब्याण्डले २००३ मा ‘हिजोसम्म’ एल्बम काठमाडौंमा आएर गीत रेकर्ड गराई रिलिज गरेको थियो ।

उक्त एल्बमा रहेको हिजोसम्म, व्यथा, तिमी बिना लगायतको गीत निकै हिट भएको थियो । ‘द रेनकारनेशन’ ब्याण्डको ‘एक्लै छु’ गीत २०,२१ वर्षपछिको कमब्याक गीत हो । यो गीत अप्रिल १ मा ‘द रेनकारनेशन दार्जलिङ’ युट्युबमा रिलिज भएको हो । जसले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । ‘द रेनकारनेशन’ ब्याण्ड, ड्रम्स र स्वर – संजित मोथे, गिटार र स्वर – सहदेव लामा,
कीबोर्ड–देवकर ठटाल र बास गिटार–किरण मोथे सदस्यमा रहेका छन् भने बास गिटार कल्याण सुन्दासको भने २०१९ मा निधन भइसकेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ८ : ०९ बजे