Logo

समाचार

सत्तारुढ गठबन्धनमा आबद्ध उन्मुक्तिले तीनवटै निर्वाचन क्षेत्रमा अलग्गै उम्मेदवारी दर्ता गराउने



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आगमी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो ।

सो पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ– १ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको र सोमवार सबन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ ।

आज बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता हुदैँछ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ७ : ५३ बजे