Logo

समाचार

ट्याक्टर पल्टेर एक जनाको मृत्यु



सप्तरी । सप्तरीको बोदेबर्साईन नगरपालिका बार्ड नम्बर ३ सारसरमा ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक बोदेबर्साईन–१ धनगढी बस्ने अन्दाजी २२ वर्षीय पँकज यादव रहेका छन् ।

अइतबार बिहान सारसर पुवारी टोलस्थित भित्री सडक खण्डमा सारसरबाट धनगढीतर्फ जाँदै गरेको  प्र–२–०१–००१ त २५१७  नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा यादवको घटना स्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहको भनाई छ ।

 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ७ : १९ बजे