Logo

विश्व

रुसले सुरक्षा परिषदको अध्यक्षता गरेपछि अन्तर्राष्ट्रिय अदालतको पक्राउ पुर्जीको हैसियतमा प्रश्न



काठमाडौं । रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएसी) को अध्यक्षता पाएको छ । युक्रेनले सदस्य राष्ट्रहरुलाई रुसलाई अध्यक्षता नदिन आग्रह गरे पनि त्यो सफल भएन्, सदस्य देशको पालो अनुसार रुसले सुरक्षा परिषदको अध्यक्षता ग्रहण गरेको छ ।

रुसले सुरक्षा परिषदको अध्यक्षता गरे पछि युद्धग्रस्त युक्रेनले भने आपत्ति जनाउँदै कडा प्रतिक्रिया दिएको छ । युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षमा रुस आउनु भनेको अन्तर्राष्ट्रिय समुदायको अनुहारमा गतिलो झापड हानेको जनाएका छन् ।

उनले भने, ‘युक्रेन सुरक्षा परिषद्का वर्तमान सदस्यहरूलाई रुसले राष्ट्रपति पदको दुरुपयोग गर्ने कुनै पनि प्रयासलाई अनुमति नदिन आग्रह गर्दछ । यो पदमा रूस चयन हुनु गैरकानुनी हो।’

संयुक्त राष्ट्र सुरक्षा परिषद्का सबै १५ सदस्यले पालैपालो एक महिनाको लागि परिषद्को अध्यक्षता पाउने क्रममा रुसले यो पटक अध्यक्षता पाएको हो । तर, पालो अनुसार पाउने अध्यक्षता पनि रुसलाई गर्न दिएकोमा युक्रेनले भने आपत्ति जनाएको हो ।

यसअघि रुसले सन् २०२२ को फेब्रुअरीमा अध्यक्षता ग्रहण गरेको थियो, सोही अध्यक्षता कायम रहेको समयमा रुसले सोही फेब्रुअरीमा नै युक्रेनमा आक्रमण सुरु गरेको थियो ।

उता, सुरक्षा परिषद्को नेतृत्व रुसले गरे पछि अन्तर्राष्ट्रिय फौजदारी अदालतले गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध जारी गरेको पक्राउ पुर्जीको हैसियतका बारेमा भने टिका टिप्पणी सुरु भएको छ ।

राष्ट्र संघीय सुरक्षा परिषदको अध्यक्षता त्यही देशको राष्ट्रपतिले गरेका छन, जुन देशको राष्ट्रपतिलाई कथित युद्ध अपराधमा अन्तर्राष्ट्रिय अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ । रुसले अध्यक्षता ग्रहण गरे पछि सो पक्राउ पुर्जी औचित्यहिन भएको रुसी अन्तर्राष्ट्रिय बिश्लेषकहरुले जनाएका छन् । रूसले त्यस पुर्जीलाइ हास्यास्पद भन्दै आएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ८ : ५२ बजे