Logo

समाचार

मेलम्चीको पानी ल्याउन थप पाइप बिछ्याइँदै



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुन्दरीजलबाट जोरपाटी खण्डमा थप पाइप बिछ्याउन सुरू गरिएको छ।

सुन्दरीजलबाट जोरपाटीसम्म ११ किलोमिटर लामो हाल रहेको पाइप पर्याप्त नभएकाले थप पाइप बिछ्याउन लागिएको हो ।

अहिलेका लागि पाइप पर्याप्त रहेपनि भविष्यमा थप पानी ल्याउन थप पाइप आवश्यक रहेकाले विछ्याउन शुरु गरिएको हो ।

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा दैनिक ५१ करोड लिटर पानी उपत्यका आउनेछ । अहिले हिउँदमा दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : ०१ बजे