Logo

Breaking News 1

राष्ट्रपतिसँग छलफल गरेर फर्किए प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेर फर्किएका छन्। प्रचण्ड पौडेललाई भेट्न बिहान साढे ९ बजे शीतलनिवास पुगेका थिए। आजै मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले त्यसअघि राष्ट्रपति पौडेलसँग छलफल गरेका हुन्। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आजै दिउँसो ३ बजेसम्म नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी गरिएको छ।

मन्त्रीहरूको शपथका लागि राष्ट्रपति कार्यालयमा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवास पुगेका हुन्।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री र राष्ट्रपतिको भेटलाई नियमित भेटघाटका रुपमा लिएको छ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ११ : १५ बजे