Logo

समाचार

सर्लाही मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु


१७ चैत्र २०७९, शुक्रबार  

690
Shares

काठमाडौं । सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बिहीबार साँझ हरिपूर्वा ३ धनकौलमा ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रत भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगन्जका करिब ३० वर्षीय प्रमेश्वर महतो र सोही ठाउँका करिब ५५ वर्षीय चरित्रबहादुर काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

दुवैको घटनास्थलमै मृत्यु भएको हो । उनीहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

सर्लाही प्रहरीका प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्ररम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ५४ बजे