Logo

धर्म / संस्कृति

रामनवमीको अवसरमा राजविराज बृहत् झाकी प्रदर्शन


१७ चैत्र २०७९, शुक्रबार  

644
Shares

सप्तरी । रामनवमी पर्वको अवसरमा (बिहीबार) राजविराजमा बृहत् झाँकी प्रदर्शन गरेर धुमधामले रामनवमी मनाइएको छ ।

चैत्र शुक्ल नवमी रामनवमीका अवसरमा बिहानैदेखि राजविराजस्थित राममन्दिर बिहानैदेखि पूजाआजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो लागेको थियो । स्थानीय बासिन्दा तथा युवाको अगुवाइमा हजारौंको संख्यामा झाँकी, कलश यात्रा जिल्लाको विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए ।

राम मन्दिरबाट निकालिएको झाँकी नगरेको गजेन्द्र चोक, दर्शन चोक, कुनोली रोड हुँदै तेतरी गाछी, हनुमानमन्दिर, राजदेवी मन्दिर हुँदै नगरको विभिन्न ठाउँमा परिक्रममा गरेको थियो ।

नरसिंह हिन्दु सेना नेपाल, राममन्दिर व्यवस्थापन समितिलगायत विभिन्न संघ–संस्थाको अगुवाइमा निकालिएको झाँकीमा स्थानीय भक्तजन, महिला, युवा, विद्यार्थीसहित स्थानीयको हभागिता थियो ।

त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादापुरुष भगवान् रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ । आजको दिन देशभर रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नान ध्यान गरी व्रत बसी रामगीता पाठ, आध्यात्म वाल्मीकि र तुलसीकृत–रामायण वाचन गर्नुका साथै भगवान रामको पूजाआराधना गरी रातभरी भजनकीर्तन र जाग्राम बस्ने परम्परा छ ।

अयोध्याका राजा दशरथको ज्येष्ठ पुत्र भई भगवान् विष्णुको सातौं अवतारका रुपमा जन्मेको बताइन्छ । राम मिथिलाका राजा जनकका पुत्री सीतासित विवाह गरी संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश गरेका थिए ।

आफ्नो पिताको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएकाले रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

पर्व चैती नवरात्रको बीचमै परेकाले आजको दिन भगवान् रामको साथै आदि शक्ति नवदुर्गा देवीको समेत पूजा गरिन्छ । रामनवमीको अवसरमा मधेस प्रदेश सरकार (बिहीबार) सार्वजनिक बिदा दिएको थियो ।

 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ५१ बजे