Logo

समाचार

सुकिदह युवा क्लबको पाचौं वार्षिक उत्सव सम्पन्न


१७ चैत्र २०७९, शुक्रबार  

391
Shares

रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ६ मा रहेको सुकिदह युवा क्लबको पाचौं वार्षिक उत्सव सम्पन्न भएको छ । चैत १२ गतेदेखि १५ गतेसम्म श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कोल्बोट नाफेको प्राङ्गणमा आयोजना गरिएको चैत १६ गते बिहीबार सम्पन्न भएको हो । ‘आजको आवश्यकता, समाजको बिकासमा युवा सहभागिता’ भन्ने मूल नाराका साथ सुकिदह युवा क्लबले आफ्नो पाँचौं वार्षिक उत्सव आयोजना भएको थियो । जसमा साबिकको शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, एकल नृत्य प्रतियोगिता र घैटाफोर प्रतियोगिता लगायतका प्रतियोगिता आयोजना गरिएको थियो । साबिकको शुद्ध वडा स्तरीय प्रतियोगितामा प्रथम युवा मिलन समूह भूमे गाउँपालिका–९ चुन्बाङ भएको छ र पुरस्कार नगद ४० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय श्री जनचेतना युवा समूह परिवर्तन गाउँपालिका–५ राङ्कोट ट्याम भएको छ र पुरस्कार नगद २५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय आयोजक सुकिदह युवा क्लब परिवर्तन गाउँपालिका–६ नाफे भएको छ र पुरस्कार नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सान्त्वना पूर्णिमा सांस्कृतिक युवा समूह परिवर्तन गाउँपालिका–४ पाछाबाङ भएको छ र पुरस्कार नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम नवदुर्गा युवा समूह परिवर्तन गाउँपालिका–३ थुनिकोट प्रथम भएको छ र पुरस्कार नगद २५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय सुन्दर समाज युवा क्लब भूमे गाउँपालिका–९ चुन्बाङ भएको छ र पुरस्कार नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय पिपल छाहरी युवा समूह परिवर्तन गाउँपालिका–६ कर्तम भएको र पुरस्कार नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने सान्त्वना आयोजक सुकिदह युवा क्लब परिवर्तन गाउँपालिका–६ नाफे भएको छ र पुरस्कार नगद ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । एकल नृत्य प्रतियोगितामा प्रथम मनिषा बुढा मगरले परिवर्तन गाउँपालिका–६ महिबाङ पुरस्कार नगद ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेकी हुन । द्वितीय लक्ष्मी घर्ती मगर परिवर्तन गाउँपालिका–६ थानेकोट पुरस्कार नगद २ हजार सहित प्रमाणपत्र प्राप्त गरेकी हुन । तृतीय रमिला थापा मगर परिवर्तन गाउँपालिका–३ टाइबाङ पुरस्कार नगद १ हजार सहित प्रमाणपत्र प्राप्त गरेकी हुन । लोक दोहोरी प्रतियोगितामा कसैले पनि भाग नलिएको स्थगित भएको छ । घैटाफोर प्रतियोगितामा रेणुका बुढा मगर भएकी हुन पुरस्कार नगद २ हजार सहित प्रमाणपत्र प्राप्त गर्नु भएको छ ।

सुकिदह युवा क्लबका अध्यक्ष गगन बुढा मगरको अध्यक्षतामा भएको समाप्न कार्यक्रमको प्रमुख आतिथ्यता परिवर्तन गाउँपालिका–६ का वडा अध्यक्ष भरत कुमार बुढा मगरको रहेको थियो भने विशिष्ट आतिथ्यता परिवर्तन गाउँपालिका–६ का निवर्तमान वडा अध्यक्ष भान्सिङ बुढा मगरको रहेको थियो ।अतिथीमा नेपाली कांग्रेस पार्टी परिवर्तन गाउँपालिका–६ का सभापति बीर बहादुर घर्ती मगर, परिवर्तन गाउँपालिका–६ का निवर्तमान वडा सदस्य दल बहादुर पुन मगर र बागलुङ जिल्ला अदालतमा कार्यरत दिनेश बुढा मगर लगायतको आतिथ्यता रहेको थियो । समाप्न कार्यक्रममा क्लबका अध्यक्ष, प्रमुख अतिथी, विशिष्ट अतिथी र अतिथीले अबिर ल्यापन, पुरस्कार बितरण, मेडल बितरण र प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रमको सञ्चालन सुकिदह युवा क्लबका संयोजक रबिन बुढा मगरले गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ४४ बजे