Logo

समाचार

नेपाली कांग्रेस परिवर्तन गाउँपालिका र पार्टीद्वारा प्रमुख प्रशासकीयबीच परिचयात्मक कार्यक्रम सम्पन्न



रोल्पा । परिवर्तन गाउँपालिका नेपाली कांग्रेस पार्टीले प्रमुख प्रशासकीयसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । परिवर्तन गाउँपालिकामा ३० फागुनमा मात्र नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका प्रेम जि.एमसँग बिहीबार एक कार्यक्रम बीच नेपाली कांग्रेस पार्टीले गाउँ पालिकामा भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेको हो । नेपाली कांग्रेस पार्टी परिवर्तन गाउँपालिका सभापति खड्क घर्ती मगर, नेपाली कांग्रेस पार्टी परिवर्तन गाउँपालिका–१ का सभापति धनप्रसाद रोका मगर, ३ का सभापति दिपेन्द्र थापा, ४ का सभापति जय बहादुर बुढा मगर, ५ का सभापति तुल्सीराम वली, ६ का सभापति वीर बहादुर घर्ती मगर, ३ का वडा अध्यक्ष खिम विक्रम चन्द, ६ का वडा अध्यक्ष भरत कुमार बुढा मगर, नेपाली कांग्रेस पार्टीका महिला नेत्री तथा पूर्व सहायक राज्य मन्त्री भिम कुमारी बुढा मगर, नेपाली कांग्रेस पार्टीका पूर्व महाधिवेशन प्रतिनिधि झक्कु प्रसाद घर्ती मगर, नेपाली कांग्रेस पार्टीका अनुशासन समितिका जिल्ला संयोजक तथा परिवर्तन गाउँपालिकाका अध्यक्षका प्रत्यासी विश्व कुमार चन्द, नेपाली कांग्रेस पार्टीका क्षेत्रीय प्रतिनिधि दिपेन्द्र कुमार डाँगी, क्षेत्रीय प्रतिनिधि मनराज बुढा मगर, नेपाली कांग्रेस पार्टीका जिल्ला सदस्य गणेश बुढा मगर, पूर्व जिल्ला सदस्य गण बहादुर घर्ती मगर, नेपाली कांग्रेस पार्टीका क्रियाशिल सदस्य केवल घर्ती मगर र नेपाली कांग्रेस पार्टीका क्रियाशिल सदस्य दिलसरी रोका मगर लगायतको उपस्थिति रहेको थियो ।

भेटघाट तथा परिचयात्मक कार्यक्रममा नेपाली कांग्रेस पार्टीका परिवर्तन गाउँपालिका सभापति खडक घर्ती मगरले पछिल्लो गाउँपालिकामा भइरहेको बारेमा जानकारी गराउँदै, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा एकलौटी हुँदै गएको जिज्ञासा राखेका थिए । त्यस्तै परिवर्तन गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी विश्व कुमार चन्दले अहिले गाउँपालिकाले एकलौटी ढंगले अगाडि बढिरहेको र बजेट, नीति तथा कार्यक्रममा समेत आफ्नो प्रतिद्वन्द्वी दलहरूलाई कुनै जानकारी समेत नहुने गरेको बताए । हिजो चुनावका समयमा छुट्टाछुट्टै दलबाट भोट मागे पनि आफूहरुको एजेन्डा आम नागरिकको समस्या र समृद्धिको लागि भएको उनको भनाई थियो ।आम नागरिकको लागि सहयोग, समन्वय र सहकार्य गर्न आफूहरू सधैं तपर रहेको समेत बताए । नेपाली कांग्रेस पार्टीका महिला नेत्री तथा पूर्व सहायक राज्य मन्त्री मन्त्री भिम कुमारी बुढा मगरले परिवर्तन गाउँपालिकामा कर्मचारी तन्त्र देखि बजेट विनियोजनमा समेत एकलौटी हुने गरेको बताइन् ।प्रतिपक्ष दलको पनि भूमिका हुने भएकाले त्यसलाई बिर्सिएर अहिलेको नेतृत्व अगाडि बढीरहेको बताइन् । साथै अन्य सहभागीहरुले समेत प्रश्न तथा जिज्ञासा राखेका थिए ।

सबैले राखेका जिज्ञासालाई सम्बोधन गर्दै परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एमले आफू रुकुम पश्चिमको सहायक सिडिओ भएर जिल्लामा काम गर्दा त्यहाँ रहेका क्रियाशिल राजनीतिक दलहरूसँग भेटघाट गरेको स्मरण गर्दै परिवर्तन गाउँपालिकामा पनि आफूले त्यो कार्यक्रम गर्ने सोच र तयारीमा रहेको बेला यसरी स्वयं आफ्नो कार्यकक्षमै भेट्न आएकोमा सबैलाई धन्यवाद दिए ।आफू नयाँ भएकोले अघिल्लो प्रमुख प्रशासकीयहरुले के गरे त्यो आफूलाई थाहा नभएको र आफ्नो कार्यकालमा त्यो नहुने समेत बताए । साथै सबै राजनीतिक दलसँग सहकार्य गरेर आफू अगाडि बढ्ने र आफूलाई सफल बनाउनमा महत्त्वपूर्ण भूमिका खेलको लागि यहाँका आम नागरिक र राजनीतिक दलहरूको पनि महत्त्वपूर्ण भूमिका हुने बताए । आफू परिवर्तन गाउँपालिकामा आएको पनि त्यति धेरै समय नभएकोले अझै केही दिन लाग्ने र सहभागीहरुले राखेका बिषय तथा जिज्ञासाहरु आफूले मन्न गर्दै अगाडि बढेर साच्चिकै परिवर्तन बनाउन आफूले कुनै कसुर बाँकी नराख्ने उनले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ३३ बजे