Logo

अर्थ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि



काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य सामान्य वृद्धि आएको छ । महासंघले आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदीको मूल्य तोलामा १ हजार ६६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : ४९ बजे