Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौँ । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ २१ पैसा र बिक्री दर १३१ रूपैयाँ ८१ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ९७ पैसा र बिक्री दर १४२ रूपैयाँ ६२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ५० पैसा र बिक्री दर १६२ रूपैयाँ २४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७६ पैसा र बिक्री दर ३५ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ६ : १७ बजे