Logo

Breaking News 1

१६ मन्त्रालयको भारी बोक्दै प्रधानमन्त्री



काठमाडौं । सत्तारुढ दलमध्येका तिन ठुला दलका शिर्ष नेताहरुको बैठकले मंगलबार बैठक बसेर मन्त्रिमण्डलाई पुर्णता दिने सहमति जुटाएपछि मंगलबार सरकार विस्तार हुने करिब निश्चित भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बिचमा भएको छलफलले मंगलबार सरकारलाई विश्वासको मत दिएका दलको बैठक बोलाउने सहमति जुटाएको थियो ।

सहमतिअनुसार मंगलबार बेलुका ४ बजे सरकारलाई विश्वासको मत दिएका सबै दलका नेताहरुका बिचमा छलफल हुनेछ । त्यसपछि मन्त्रालयको भागबण्डा टुङ्गो लाग्ने सम्भावना छ । अहिलेसम्म कुन दललाई कुन मन्त्रालय दिने भन्ने सहमति नभइसकेका कारण दलहरुभित्र कसलाई मन्त्री बनाउने भन्ने निर्णय भइसकेको छैन ।

यता सरकारमा कतिवटा मन्त्रालय पाउने भन्ने निर्णय नभएको भएपनि नेपाली कांग्रेसभित्र मन्त्री बनाउने विषयमा अनौपचारिक छलफल भने जारी छ । सोमबारमात्रै पनि कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक छलफल गरेका थिए । महामन्त्री गगन थापालगाएतका नेताहरु सभापति देउवासँग छलफल गर्न उनकै निवास पुगेका थिए ।

अर्कातर्फ अन्य राजनीतिक दलबाट पनि सरकारमा सहभागी हुने व्यक्तीको टुङ्गो लागिसकेको छैन । जसका कारण प्रधानमन्त्री दाहालसँग १६ मन्त्रालयको जिम्मेवारी छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ९ : ०७ बजे