Logo

अर्थ

एनएमबी बैंकले ४ अर्ब बराबरको ऋणपत्र जारी गर्ने



काठमाडौं । एनएमबि बैंकले १०.७५ प्रतिशत ब्याज दरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकका अनुसार चैत २१ देखि २४ गतेसम्म ऋणपत्र जारी गर्न लागिएको हो । बैंकले कुल चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो ।

१००० रुपैयाँ अंकित दरका ऋणपत्र कम्तिमा २५ र बढीमा १६ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ भने १० बर्ष अवधिको ऋणपत्रमध्ये ६०  प्रतिशत प्राइभेट प्लेसमेन्टबाट बिक्री गरिने छ ।

बाँकी ४० प्रतिशत आमसर्वसाधारणलाई बिक्री खुला गरिने छ। यस भित्र सामूहिक लगानी कोषलाई पनि आरक्षित छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ८ : २३ बजे