Logo

Breaking News 1

अमेरिकी सेनाको टोली नेपालमा, सोमबारदेखि बैठक हुने



काठमाडौं । काठमाडौंमा सोमबारदेखि शुरु हुने नेपाल–अमेरिका ल्यान्ड फोर्स टक (एलएफटी)को बैठकमा सहभागी हुने अमेरिकी सेनाको टोली नेपाल आइपुगेको छ ।

सोमबारदेखि तीन दिनसम्म हुने बैठकमा दुई मुलुकका स्थल सेनाबीचको सहकार्यका सम्बन्धमा हुन लागेको संवाद हो ।

२०७५ सालदेखि हरेक वर्ष हुँदै आएको संवादमा भाग लिन २२ सदस्यीय अमेरिकी टोली शनिबार बेलुकी काठमाडौं आएको हो ।

अमेरिकी टोलीको नेतृत्व अमेरिकी सेनाको प्यासिफिक कमान्डका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गरेका छन् । नेपाली टोलीको नेतृत्व भने उपरथी अशोकराज सिग्देलले गर्ने नेपाली सेनाले जनाएको छ ।

छलफलमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव वा उपसचिवसहितको टोली समेत समावेश रहेको सेनाले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १० : ४५ बजे