Logo

Breaking News 1

सबै दल मिलाउन खोज्दा सरकार विस्तार प्रभावित



काठमाडौं । सरकारलाई विश्वासको मत दिएका सबै दललाई सरकारमा सहभागी गराउने विषयमा छलफल केन्द्रित भएपछि सरकार विस्तार नै प्रभावित बनेको छ ।

फागुन १५ गते एमालेले सरकार छाडेपछि प्रधानमन्त्री दाहालले दोस्रोपटक संसदबाट विश्वासको मत लिएका थिए । प्रधानमन्त्री दाहाललाई दोस्रोपटक विश्वासको मत मिल्दा १७२ सांसदले समर्थन जनाएका थिए । जसमा १० दल र स्वतन्त्र सांसदसमेत छन् ।

८९ सीटको कांग्रेस, ३२ सीटको नेकपा माओवादी केन्द्र, १९ सीटको राष्ट्रिय स्वतन्त्र पार्टी, १२ सीटको जनता समाजवादी पार्टी, १० सीटको नेकपा एस, ६ सीटको जनमत, ४ सीटका लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्तिसहितका दलले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थिए ।

सजिलै विश्वासको मत पाएका प्रधानमन्त्री दाहालले अहिले सबैलाई सरकारमा सहभागी गराउने पहल गरेको भएपनि प्रभावशाली मन्त्रालयमा सबै दलको दाबी एकातिर अर्कातिर सबै दललाई भागबण्डा लगाउनुपर्ने अबस्थाले सरकार विस्तार नै प्रभावित बनेको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ९ : १७ बजे