Logo

Breaking News 1

अहिलेको सरकार विदेशी हस्तक्षेपबाट बनेको विष्णु पौडेलको दाबी



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले निर्माण भएको गठबन्धनको सरकारमा विदेशी हस्तक्षेप भएको दाबी गरेका छन् ।

आइतबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले देशभित्रका दल मात्रै नभएर विदेशी हस्तक्षेपबाट सरकार गठन भएको जिकिर गरेका हुन् ।

यस क्रममा उनले सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको गठबन्धनमा पद हत्याएर पछि धोका दिएको आरोप पनि लगाए ।

‘मुलुकलाई स्थायित्व बनाएर जानुपर्छ भन्ने विषयमा सरकार बनाएका थियौँ’, उनले भने, ‘सम्बन्धबाट घर्किन थाल्नुभयो । धोका दिएर फर्किनुभयो।’

अहिले प्रधानमन्त्री प्रचण्डलाई सरकार विस्तार गर्न पनि चर्को समस्या परिरहेको टिप्पणी गरे । उनले भने, ‘यो सरकारको जनताको समस्यातिर ध्यान छैन ।’

एमालेले थालेको मिसन ग्रासरुट अभियानका क्रममा उपाध्यक्ष पौडेल आज सुदूरपश्रिमका डोटी, अछाम जाने कार्यक्रम छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १० : ०० बजे