Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौँ । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ६८ पैसा र बिक्री दर १३२ रूपैयाँ २८ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ३२ पैसा र बिक्री दर १४१ रूपैयाँ ९६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ७९ पैसा र बिक्री दर १६१ रूपैयाँ ५३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ६ : १३ बजे