Logo

Breaking News 1

बसन्त कुँवरलाई आइजिपी बनाउने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा बसन्त कुँवरलाई नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केही दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक बनेका कुँवरलाई वरीयता र कार्यक्षमताका आधार नयाँ प्रहरी प्रमुख बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

पाँच जना एआइजीमध्येबाट सरकारले पहिलो वरीयतामा रहेका कुँवरलाई आइजिपी बनाएको हो। आइजिपी धिरजप्रताप सिंह आजदेखि नियमित अवकाशमा जाँदैछन्।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ४ : ५४ बजे