Logo

Breaking News 1

माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता


१० चैत्र २०७९, शुक्रबार  

0
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

यससँगै मुख्यमन्त्री खगराज अधिकारीले राजीनामा बुझाउने भएका छन् । गण्डकीमा अब बन्ने सरकारको नेतृत्व कांग्रेस दाबी गरिरहेको छ। नेपाली कांग्रेस प्रदेश संसदीय दलको नेता गोरखाबाट निर्वाचित सुरेन्द्र पाण्डे छन् । गण्डकी प्रदेशसभामा माओवादी केन्द्रबाट संसदीय दलको नेता हरिबहादुर चुमान छन् । यसअघि वाग्मती प्रदेश सरकारबाट पनि एमाले बाहिरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  २ : ५७ बजे