Logo

समाचार

पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न



रोल्पा । परिवर्तन गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिकास्तरीय खोप समन्वय समितीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पालिका भित्रका पाँच बर्ष देखि मुनिका बालबालिकालाई दिदै आएको खोप प्रभावकारी बारेमा र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल गरिएको हो । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय प्रेम जि.एम, परिवर्तन गाउँपालिकाका लेखा अधिकृत ध्रुबराज न्यौपाने, परिवर्तन गाउँपालिकाका शिक्षा शाखा प्रमुख बालाराम वली, परिवर्तन गाउँपालिका–१ का वडा अध्यक्ष मैते बुढा मगर, २ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर, ३ का वडा अध्यक्ष खिम विक्रम चन्द, ५ का वडा अध्यक्ष दिल बहादुर वली, ६ का वडा अध्यक्ष भरत कुमार बुढा मगर, श्री नेरा नमूना मावि थप प्राविधिक तथा व्यावसायिक विद्यालय राङ्कोट मौलाबोटका प्रधानाध्यापक गोपाल बहादुर केसी, सुआहाराका सहजकर्ता शेर बहादुर डाँगी, स्वास्थ्य चौकीका प्रमुख तथा कर्मचारी, टोल संस्थाका सदस्य, आमा समूहका सदस्य र खेलकुद समितिका सदस्य लगायतको आतिथ्यता रहेको थियो ।

स्वास्थ्य चौकी राङ्कोटका प्रमुख अशोक विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा खोपको महत्त्व, उद्देश्य र उपलब्धको बारेमा स्वास्थ्य चौकी पाछाबाङ्का प्रमुख ज्वाला बुढा मगरले प्रकाश पारेका थिए । जसमा राष्ट्रिय खोप दाताको सर्वेक्षणमा हेर्दा खोप नलगाएको देखाइरहेको बताउँदै, अहिले १६ प्रतिशत मात्र आंशिक रूपमा खोप लगाएको पाइएको बताए । साथै ४ प्रतिशतले कुनै पनि खोप नलगाएको पाइएको समेत बताउँदै, अहिले पाँच बर्ष मुनिका बालबालिकाहरुलाई १३ एन्टिजेन खोप दिइरहेको बताए । नेपालमा १६ हजार भन्दा बढी स्वास्थ्य केन्द्र मार्फत खोप दिइने गरेको समेत बताए । खोपले बालबालिकाको रोगहरुको निर्मूल गर्न र नियन्त्रण गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । परिवर्तन गाउँपालिकामा करिब ९५ प्रतिशत खोप लगाइ सकिएको उनले बताए । अशोक विकले समिति निर्माण गर्दा ध्यान दिनुपर्ने कुरालाई प्रकाश पार्दै गाउँपालिकास्तरीय खोप समन्वय समितिको संयोजक गाउँपालिका अध्यक्ष संयोजक हुने बताए । अन्य गाउँपालिकाका उपाध्यक्ष सदस्य, प्रमुख प्रशासकीय अधिकृत सदस्य, गाउँ कार्यपालिकाका सदस्य, टोल संस्था, आमा समूह सदस्य, खेलकुद समिति सदस्य, सहयोगी संस्था सदस्य र पालिकाको स्वास्थ्य प्रमुख सदस्य सचीव हुने समेत बताए । त्यस्तै वडामा पनि वडा अध्यक्ष संयोजक, वडा सदस्यहरु सदस्य, टोल संस्था सदस्य, आमा समूह सदस्य, युवा क्लब सदस्य, सहयोग संस्था सदस्य र स्वास्थ्य चौकीका प्रमुख सदस्य सचीव हुने बताए । साथै पूर्ण खोप वडा घोषणा हुँदै पूर्ण खोप गाउँपालिका घोषणा र पूर्ण खोप जिल्ला घोषणा हुने समेत बताए । कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिकाका स्वास्थ्य शाखा कर्मचारी निर्मल बुढा मगरले गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १० : ०१ बजे