Logo

मुख्य समाचार

आजको मौसम: कोशी, बाग्मती र गण्डकीको पहाडी भु–भागमा बर्षा हुने



काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशको पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ ।

देशका  पहाडी भू–भागका केहि स्थानहरुमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

उता राती भने देशको पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ६ : २४ बजे