बर्दिवास । महोत्तरीको गौशाला बजारमा एक मोबाइल पसलमा आगलगी हुँदा लाखौंको क्षति भएको छ । शनिवार राति गौशाला बजारमा सञ्चालित आरोही मोबाइल पसलमा आगलगी हुँदा करिब १५ लाख बराबरको सरसमानहरु जलेर नष्ट भएका हुन् ।
ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवका अनुसार पसलभित्र जडान गरिएको विद्युतको तार सर्ट भएर आगलागी भएको खबर पाउने बितिक्कै पाएलगतै घटनास्थलमा प्रहरी पुगेर आगोलाई नियन्त्रणमा लिएको थियो । क्षतिको थप विवरण संकलन भईरहेको छ ।
प्रतिक्रिया