Logo

खेलकुद

पीएनजीविरुद्ध नेपाल ५२ रनले विजयी, अब एक खेल जिते विश्वकप छनौटमा


२५ फाल्गुन २०७९, बिहिबार  

0
Shares

काठमाडौँ । आइसीसी विश्वकप लिग डिभिजन २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ। आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनीलाई ५२ रनले हराएको छ।

नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २ सय ४५ रन बनाउँदा अलआउट भयो। पिएनजीलाई कम स्कोरमा रोक्न सन्दीप लामिछाने एक्लैले ४ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै ३७ रन दिए।

दिपेन्द्र सिंह ऐरिले २ विकेट लिए। कुशल मल्लले एक विकेट आफ्नो नाममा गरे।पीएनजीका ओपनर टोनी उरा ५० रनमा क्याच आउट भए। कप्तान असद भाला ४२ रनमा क्याच आउट भए।

किपलिन डोरिगा २६ र रिले हिकुरेले २० रन थपे। चाल्र्स आलिमी १४, हिरिहिरी ८, सेसे बाउ ३ र चाड सोपर शुन्य रनमा आउट भए।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ४ : ५९ बजे