Logo

अर्थ

१ हजार रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । सुनको मूल्य प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । बुधबार छापावाल सुन एक हजार रुपैयाँले घटेर प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार तेजाबी सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  बुधबार ४० रुपैयाँले घटेर चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँ कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १२ : १४ बजे