काठमाडौँ । सत्तारुढ ९ दलीय गठबन्धनको कार्यदल बैठक बस्ने भएको छ। दिउँसो २ बजेबाट सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा कार्यदलको बैठक बस्न लागेको हो। पुर्णबहादुर खड्का संयोजक रहेको कार्यदलमा अन्य ७ पार्टीबाट २–२ जना सदस्य छन्। नेपाल समाजवादी पार्टी (नेसपा) पनि सत्ता गठबन्धनमा सहभागी छ।
कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू छलफलमा जुट्न लागेको एक नेताले जानकारी दिए। राष्ट्रपति निर्वाचन र पछिल्लो समय विकसित समसामयिक राजनीतिका बारेमा छलफल गर्नका लागि उनीहरू जुटेका हुन्।
प्रतिक्रिया