काठमाडौं । प्रहरीले रौतहटको राजपुरस्थित मदिरा भट्टी नष्ट गरेको छ । राजपुर नगरपालिका–१ मा सञ्चालित घरेलु मदिरा बनाउने भट्टी सोमबार साँझ जिल्ला प्रहरी कार्यालय (गौर) बाट गएको प्रहरी टोलीले फुटाएर नष्ट गरेको हो ।
अवैध मदिरा उत्पादन र कारोबार हुने गरेको भन्ने गोप्य सूचनाका अधारमा पुगेको प्रहरीले भट्टी नष्ट गरेको प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले जानकारी दिए ।
भट्टी नष्ट गर्ने क्रममा ३ हजार लिटर तयारी मदिरा र मदिरा बनाउने ५ सय लिटर कच्चा पदार्थ पनि घोप्ट्याएर नष्ट गरिएको यादवले बताए ।
प्रहरीले मदिरा बनाउने भाँडाकुँडा पनि फुटाइदिएको छ ।
प्रतिक्रिया