Logo

मुख्य समाचार

फागु पुर्णिमाले सबै नेपालीलाई प्रगतिमा अग्रसर हुन प्रेरणा मिलोस : सभामुख


२२ फाल्गुन २०७९, सोमबार  

345
Shares

काठमाडौं । सभाभुम देवराज घिमिरेले फागुन पुर्णिमाले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउने विश्वास ब्यक्त गरेका छन ।

फागु पुर्णिमाका अवसरमा शुभकानाम ब्यक्त गर्र्दै सभामुख घिमिरे सबै नेपालीलाई प्रगतिमा अग्रसर हुन प्रेरणा मिलोस भनी शुभकामनासमेत ब्यक्त गरेका छन ।

फागु पूर्णिमा (होली पर्व) को अवसरमा  सम्माननीय सभामुखको शुभकामना

फागु पूर्णिमा (होली पर्व) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । होली पर्वले सबै नेपालीलाई प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

यस फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वलाई रंगहरुको पर्वको रुपमा मनाइने गरिन्छ । फागु पर्व परम्परागतरूपमा विभिन्न रङहरु खेली मनाउने प्राचीन परम्परा छ । यस पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एक सूत्रमा बाँध्दै आपसी सदभाव, प्रेम र भाइचारा सम्बन्ध अभिवृद्धि गर्दै आएको छ ।

साँस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजमा होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय हुने सन्देश प्रवाह गरेको छ । हिमाल, पहाड र तराईमा फरक फरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघूलन गर्न समेत मद्धत गरेको छ । जुनसुकै क्षेत्रमा बस्ने नेपालीहरुलाई पनि होली पर्वले आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग गरेको छ ।

विविधतायुक्त हाम्रो समाजलाई एकताबद्ध बनाउने दायित्व सबै नागरिकको हो । परम्परागत चाडवाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व पनि हाम्रै हो । तर, चाडवाडका नाममा हुने कतिपय गलत प्रवृत्तिहरुलाई भने निरुत्साहित गर्नैपर्दछ । 

अन्त्यमा, होली पर्वले आपसी वैमनस्यता, असमझदारी बिर्सेर सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

२२ फागुन, २०७९

देवराज घिमिरे
सभामुख

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ८ : ०७ बजे