Logo

मुख्य समाचार

नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित छैन, डेटा टर्की पुग्छ :आरजु राणा


१६ फाल्गुन २०७९, मंगलबार  

414
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नेपाली सेनाको अभिलेख सुरक्षित नरहेको र डाटा टर्की पुग्ने गरेको दाबी गरेकी छन् ।

नेविसंघले मंगलबार ललितपुरमा आयोजना गरेको अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित नरहँदा डेटाहरु टर्की पुग्ने गरेको आफूले जानकारी पाएको बताइन् ।

नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधिको विकास गर्नुपर्ने आवश्यकता औँल्याएकी उनले अन्यथा नेपालको सुरक्षासहित सबैखाले तथ्यांकहरू चोरी हुने जोखिम रहेको बताइन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ३ : २६ बजे