बैंकक । थाइल्यान्डका एक लागुऔषध व्यापारीले प्रहरीबाट जोगिन प्लास्टिक सर्जरी गरेको खुलेको छ । यसै साता ब्यांककवाट पक्राउ परे पछि उनले पलास्टिक सर्जरी गरेर अपराध लुकाउन खोजेको रहस्य खुलेको हो ।
न्युज स्काई डटकमका अनुसार आफनो अपराधको दुनियाँ लुकाउनका लागि ‘कोरियाली व्यक्तिजस्तो’ मात्रै बनेनन, थाइल्याडको नाम सहारत सवाङजेङले नाम पनि बदलेर कोरियालीमा सेआङ जिमिन राखेका थिए ।
पलास्टिक सर्जरी गरेर रुप बदलेका २५ बर्षिया उनलाई थाइल्याण्ड प्रहरीले तीन महिनादेखि खोजिरहेको थियो । उनले बेचेको लागुऔषध पिछा गर्दै जाँदा उनी उ बैंककमा पक्राउ गरेका परेका हुन ।
उनको बारेमा जानकारी दिनेहरुले उनलाई ‘सुन्दर कोरियाली युवा’ भन्ने गरेका थिए । प्रहरीका अनुसार पक्राउ पर्दा उनले आफू थाइल्यान्डमा बस्न दिक्क लागेर कोरियामा नयाँ जीवन सुरु गर्न चाहेको बताएका छन् ।
थाईल्याण्ड प्रहरीका अनुसार यसअघि तीन पटक गरी तीन वर्ष जेल बसिसके थिए भने उनी पछिल्लो पटक हिरासतबाट भागे पछि प्लास्टिक सर्जरी गरेर लागु औषधको ब्यापार गरिरहेका थिए ।
प्रतिक्रिया