Logo

समाचार

डीआईजी श्यामलाल ज्ञवालीविरुद्ध अख्तियारमा उजुरी


१४ फाल्गुन २०७९, आइतबार  

184
Shares

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कैलालीका शेरबहादुर चन्दले डीआईजी ज्ञवालीको उमेरबारे अनुसन्धान गर्न माग गर्दै आयोगमा उजुरी दिएका हुन् ।

उजुरीमा ज्ञवालीले प्रहरी सेवामा प्रवेश गर्दा पेस गरेको नागरिकता, सिटरोलमा उल्लेख गरेको जन्म मिति र शैक्षिक प्रमाणपत्रमा भएको जन्ममितिबारे अनुसन्धान गर्न माग गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ९ : ४६ बजे