Logo

Breaking News 1

आफ्नै टाउकोमा गोली हानी प्रहरी जवानले गरे आत्महत्या


११ फाल्गुन २०७९, बिहिबार  

368
Shares

सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले आत्महत्या गरेका छन् । बिहीबार बिहान करिब ३ बजेको समयमा आत्महत्या गरेका प्रहरीले जनाएको छ । आत्महत्या गर्नेमा दार्चुलाको अपी नगरपालिका–६ घर भएका अन्दाजी २६ वर्षीय कबिन्द्र वि.क रहेका छन् । उनी प्रहरी चौकी सुकाटिया कालिकोट दरबन्दीको कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत थिए ।

वि.कले आफ्नै टाउकोमा एसएलआर गोली हानी आत्माहत्या गरेको प्रहरीको भनाइ रहेको छ । वि.क बिहान १ बजेदेखि ३ बजेसम्मको ४ नम्बर प्रहरी पोष्टको डिउटीमा खटिएका थिए ।

डिउटी खटिएको सकयका उनले आफैले बोकेको एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

टनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षकको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ९ : १६ बजे