Logo

मनोरञ्जन

भिम चापागाई र शान्ती श्री परियारको स्वरमा नयाँ गीत सार्वजनिक



काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।

सोही क्रममा भिम चापागाईको नयाँ गीत ‘अरे हो काईली’ सार्वजनिक भएको छ । यस गीतमा भिम चापागाई र शान्ती श्री परियारको स्वर रहेको छ बिश्व किर्तीमानी संगीतकार लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्ज रहेको छ ।

अशोक बिकको निर्देशन रहेको गीतमा बासु न्यौपानेको छायांकन, रोशन धितालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा बिना राउत सरोज प्रजा र ध्रुब कमेडीको अभिनय रहेको छ । यस गीतलाई भिम चापागाई अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ९ : १५ बजे