Logo

Breaking News 1

स्कटल्याण्डमाथि नेपाल २ विकेटले विजयी


९ फाल्गुन २०७९, मंगलबार  

0
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डले दिएको २१३ रनको चुनौती नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले १०१ बलमा ९५ रन जोडेका थिए ।

साथै करण केसीले ३१ रन जोडेका थिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६।१ ओभरमा  सबै विकेट गुमाएर २१२ रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाउँदा म्याथ्यु क्रसले ४२, ब्रान्डन म्याकुलेनले ३१, काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ५ : १३ बजे