काठमाडौं । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । दक्षिण टर्कीमा सोमबार ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।
टर्कीको प्रकोप तथा आपतकालीन निकाय अफादका अनुसार सोमबार स्थानीय समय अनुसार २०:०४ मा भूकम्प गएको हो ।
प्रत्यक्षदर्शीहरूले रोयटर्स समाचार एजेन्सीलाई भूकम्पले अन्टाक्यामा क्षति पुगेको बताएका छन् ।
फागुन ६ गते गएको ७.८ म्याग्निच्युडको भूकम्प गएको करिब तीन सातापछि यो भूकम्प आएको हो ।
फेब्रुअरी ६ मा गएको भूकम्पले टर्की र सिरियामा ४४ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो ।
प्रतिक्रिया