काठमाडौं । पाइटल र कर्मचारीलाई समयमा तलब नदिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गुण एयरलाइन्सका सबै जहाजको उडान रद्द गरिदिएको छ । गुण एयरलाइन्ससँग अहिले १८ सिट क्षमताका सात विमान छन् । हवाई सुरक्षामा हुन सक्ने जोखिमलाई मध्यनजर गरेर सबै उडान रद्द गरिएको प्राधिकरणले जनाएको छ ।
गुण एयरलाइन्सले एक साताअघिदेखि उडान रोकेको थियो । ‘यस विषयमा बुझ्दा पाइलट र कर्मचारीलाई समयमा भुक्तानी नगरेको पाइयो । यसले कर्मचारीलाई तनाव हुने हुन्छ,’ प्राधिकरणका सूचना अधिकारी जगन्नाथ निरौलाले भने, “कर्मचारीलाई तनाव हुँदा उडान सुरक्षामा समेत आँच आउने देखिएपछि यसलाई मध्यनजर गरेर उडान रद्द गरिएको हो ।’
यसबारेमा प्राधिकरणले आज एयरलाइन्सलाई पत्र पठाएको छ । एयरलाइन्सबाट जवाफ आएपछि थप अध्ययन गरेर उडान गर्न दिनेरनदिने विषयमा छलफल हुने उनले बताए ।
प्रतिक्रिया