काठमाडौँ । अध्यागमन विभागको सर्भर फेरि डाउन देखिएको छ। आज सर्भर डाउन हुँदा त्रिभुवन विमानस्थलमा उडान प्रभावित भएका हुन्। २ घण्टा बढी सर्भर डाउन भएसँगै उडान अवरुद्ध भएका हुन्।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी गणेश आचार्यले २ घण्टा पूर्ण रुपमै साइट डाउन भएको जानकारी दिए। ‘सर्भर चल्न थाले पनि सहज रुपमा चलाउन सकिएको छैन,’ अचार्यले भने ‘अब उडान र अवतरण विस्तारै हुन्छ।’ सर्भर नचल्दा विमानस्थलमा यात्रुको भीडभाड बढेको छ।
प्रतिक्रिया