Logo

समाचार

परिवर्तन गाउँपालिकाको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न



रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । परिवर्तन गाउँपालिका वडा नम्बर ५ राङ्कोटको धामाचौरमा परिवर्तन गाउँपालिकाको आफ्नै खेलमैदानमा गाउँपालिका स्तरीय अन्तर्गत अन्तर प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एक कार्यक्रमको बीच आइतबार सम्पन्न भएको हो । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको त्वात्वधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा परिवर्तन गाउँपालिकाको पहिलो गाउँपालिका स्तरीय अन्तर्गत अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको परिवर्तन गाउँपालिकाको आर्थिक सहयोग र परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको थियो ।

प्रतियोगितामा परिवर्तन गाउँपालिका भित्रका १२ वटा सामुदायिक माध्यामिक विद्यालयहरुको सहभागीता रहेको थियो ।राष्ट्रपति रनिङ शिल्डमा समावेश भएको जम्मा ३० स्वर्ण मध्ये परिवर्तन गाउँपालिका २ राङ्सीमा रहेको जनसेवा नमूना माध्यमिक विद्यालय पोखराले १२ स्वर्ण ३ रजत ३ काँस्य गरि जम्मा १८ स्वर्ण प्राप्त गर्दै,प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको राष्ट्रपति शिल्ड,गोल मेडल र प्रमाणपत्र प्राप्त गरि प्रथम भएको हो । परिवर्तन गाउँपालिका २ राङ्सीमा रहेको अर्को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय राङखुङले५ स्वर्ण २ रजत २ काँस्य गरि जम्मा ९ स्वर्ण प्राप्त गर्दै, प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको राष्ट्रपति शिल्ड, गोल मेडल र प्रमाणपत्र प्राप्त गरि दोस्रो भएको हो, भने परिवर्तन गाउँपालिका ५ राङकोटमा रहेको नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय थप प्राविधिक तथा व्यवसायीक विद्यालय मौलाबोटले ४ स्वर्ण ५ रजत ९ काँस्य गरि जम्मा १८ स्वर्ण प्राप्त गर्दै, प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको राष्ट्रपति शिल्ड, गोल मेडल र प्रमाणपत्र प्राप्त गरि तेस्रो भएको हो ।

अन्य प्रतियोगितामा बिजयी हुने खेलाडीले गोल मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगरको अध्यक्षमा भएको समाप्न कार्यक्रममा विजयी खेलाडीहरुलाई प्रमाणपत्र वितरण परिवर्तन गाउँपालिकाका प्रवक्ता तथा परिवर्तन गाउँपालिका २ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगरले गरेका थिए । विजयी खेलाडीहरुलाई अबिर ल्याप्न परिवर्तन गाउँपालिका ५ का वडा अध्यक्ष दिल बहादुर वलीले गरेका थिए । विजयी खेलाडीहरुलाई गोल मेडल वितरण परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय ध्रुबराज न्यौपानेले गरेका थिए । परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगरले परिवर्तन गाउँपालिकाको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमको समाप्न गर्दै, प्रतियोगितालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरे । साथै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहीँ १५ फागुन देखि हुने भएकोले प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतिस्पर्धा मार्फत छनोट भएका खेलाडीहरुले पनि उक्त प्रतियोगितामा परिवर्तन गाउँपालिका बाट सहभागी जनाउने भएको हुँदा छनोट भएका सबै परिवर्तन गाउँपालिका भित्रका खेलाडीहरुले तयारी गर्न समेत आग्रह गरे । समाप्न कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका खेलकुद समितिका सदस्य लोकचन्द्र डाँगीले गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ८ : ५६ बजे