Logo

Breaking News 1

नागरिक अगुवा तथा पूर्वमन्त्री डा.मथुरा प्रसाद श्रेष्ठको निधन



काठमाडौं । नागरिक अगुवा तथा पूर्वमन्त्री डा. मथुरा प्रसाद श्रेष्ठको निधन भएको छ । श्रेष्ठको सोमबार बिहान सवा ४ बजे अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

०४७ सालको अन्तरिम सरकारका स्वास्थ्यमन्त्री समेत रहेका श्रेष्ठ मानव अधिकार आन्दोलनका वरिष्ठ रक्षकको रुपमा चिनिन्थे ।

उनको सोमबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने जनाइएको छ ।

विदेशमा रहेका छोराछोरीको आग्रहमा श्रेष्ठको पार्थिव शरीर शिक्षण अस्पतालको शवगृहमा राखिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ८ : ३६ बजे