काठमाडौं । ग्यास सिलिन्डर लिक भएर आगोको जलनमा परेका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।भण्डारीसँगै रहेका युवा नेता तथा व्यवसायी योगराज कँडेलले दिएको जानकारीअनुसार अहिले बिहान साढे ६ बजे चिकित्सकसँग कुरा गर्दै ‘सबै पारामिटर नर्मल’ रहेको जानकारी गराएका छन् ।
भण्डारीको हिजो पहिलो सर्जरी गरिएको थियो ।‘पहिलो सर्जरी गर्दा दायाँ खुट्टामा एकदमै डिप इन्जरी रहेको कारण सोचेभन्दा धेरै समय लागेको र अब्जरवेसन पनि कम्तिमा १–२ घण्टा राख्नुपर्ने नियम रहेका कारण दोस्रो अपरेसन गर्न नसकिएको जानकारी डा। मुकेशबाट प्राप्त भयो,’ कँडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फोक्सोको तल्लो भागमा मात्र कार्वन मोनो अक्साईडको मात्रा देखिएको छ । डा. भनाईअनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्नेसमेत जानकारी प्राप्त भएको निवेदन गर्न चाहन्छु ।’
प्रतिक्रिया