Logo

विश्व

सन् २०१८ मा थाई गुफावाट उद्धार गरिएका एकको बेलायतमा मृत्यु



लन्डन । सन् २०१८ मा विश्वव्यापी ध्यानाकर्षण भएको एक साता लामो अपरेसनपछि बाढीले भरिएको थाई गुफाबाट उद्धार गरिएका १२ बालकमध्ये एक डुआङ्फेट फ्रोमथेपको बेलायतमा मृत्यु भएको छ ।

सिएनएनका अनुसार इङ्गल्याण्डको लिसेस्टरशायरमा रहेको फुटबल एकेडेमीमा भर्ना भएका फ्रोमथेपको अस्पताल लगिएपछि मृत्यु भएको बेलायती प्रहरीले जानकारी दिएको हो ।

थाई सरकारको जनसम्पर्क शाखाको उत्तरी क्षेत्रीय शाखाले १७ वर्षीय फ्रोमथेपको दुर्घटनाका कारण मृत्यु भएको जनाएको छ । थप विवरण भने उसले दिएको छैन् । चियाङ राई प्रान्तमा उनको घरको वातावरण शोकले भरिएको थियो ।

जिको फाउन्डेसनले फ्रोमथेपलाई युकेमा फुटबल छात्रवृत्ति मार्फत अध्ययन गर्न मद्दत गरेको थियो, बुधवार सो फाउन्डेसनले फेसबुकमा लेखेको छ, ‘जिको फाउन्डेसनको छात्रवृत्ति विद्यार्थी डोम डुआंगपेट फ्रोमथेपको निधनको हामी दु:ख व्यक्त गर्न चाहन्छौ ।’

फ्रोमथे द ब्रुक हाउस कलेज फुटबल एकेडेमीमा फुटबल छात्रवृत्तिमा भर्ना भएका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ७ : ५२ बजे