Logo

मुख्य समाचार

भारतीय सचिवको नेपाल यात्रा: प्रचण्डसँग दुई–दुई पटक बार्ता, दुई दिनमा १४ नेता भेटे



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई दुई पटक भेटघाट गरेर भारतीय बिदेश सचिव बिनय मोहन क्वात्रा स्वदेश फर्केका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल–भारत सचिवस्तरी बैठकमा सहभागी हुन आएका सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग दुई दुई पटक भेटघाट गरेका हुनु । पहिलो पटक १ फागुनमा औपचारिक भेटघाट गरेका क्वात्राले २ फागुन साँझ वालुवाटारमा अनौपचारिक भेटघाट गरी स्वदेश फर्केका हुन ।

नेपाल भारत सचिवस्तरीय वार्ताका लागि आएका भनिए पनि बिदेश सचिव क्वात्राले दुई दिनमा नेपालका १४ जना नेतालाई भेटघाट गरेपछि अन्तिमा पुन: प्रचण्डसँग भेटघाट गरेको स्रोतले बतायो । बालुवाटारमा मंगलबार साँझ भएको भेटघाटमा के के भयो ? त्यो भने खुल्न सकेको छैन । सो भेटलाई वालुवाटारले गोप्य राखेको छ ।

राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल र प्रतिपक्ष दल बिच सहमति हुन नसकिरहेको तथा त्यसमा राजनीतिक दलहरुबिच घोचपेच भईरहेको बेला बिदेश सचिव क्वात्राले संघीय संसदका ठुला देखी साना दलसम्मका नेताहरुसँग गरेको भेटलाई अर्थपुर्ण रुपमा लिईएको छ । मुख्यत: राष्ट्रपतिको निर्वाचन र सत्तारुढ गठबन्धनका भविश्यका बारेमा उनले चासो ब्यक्त गरेका थिए ।

सबैजसो राजनीतिक दलका नेतासँग सो बारेमा चासो ब्यक्त गरेका बिदेश सचिव क्वात्राले अन्तिमा प्रधानमन्त्री प्रचण्डसँग ‘अनअफिसियल’ भेटघाट गरेर स्वदेश फर्केका हुन ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ७ : ४७ बजे