Logo

मुख्य समाचार

संसदीय अभिलेख व्यवस्थापनमा सभामुखको निर्देशन



काठमाडौं ।  सभामुख देवराज घिमिरेले संघीय संसदको अभिलेख व्यवस्थापनमा चासो लिएका छन् । मंगलबार संघीय संसदको पुस्तकालय निरीक्षण गर्दै उनले संसदीय अभिलेख र संग्रहालयलाई व्यवस्थित बनाउन निर्देशन दिए । उनले पुस्तकालयलाई सरल र व्यस्थित बनाउँदै अटोमेशनबाट सञ्चालन गर्ने कार्ययोजना बनाउन समेत निर्देशन दिए ।

सभामुख घिमिरेले संविधान निर्माणका क्रममा भएका गतिविधि र दस्तावेजलाई डिजिटल प्रविधियुक्त बनाइ अध्ययन अनुसन्धानमा सहजता अपनाइदिन पुस्तकालय शाखालाई निर्देशन दिए । उनले संसद् संग्रहालयको समेत निरीक्षण गरे ।

सभामुख घिमिरेसँगै संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतम, सचिवालय सचिवहरु सुदर्शन खड्का, डा। रोजनाथ पाण्डे लगायत पुस्तकालयको निरीक्षणमा सहभागी थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ३ : ३४ बजे