Logo

गण्डकी प्रदेश

थुम्काडाँडामा शिल्पी सङ्ग्रहालय निर्माण



लमजुङ । लमजुङको पर्यटकीय गाउँशहरस्थित थुम्काडाँडामा जातीय पहिचान सहितको पुरातात्त्विक शिल्पी सङ्ग्रहालय निर्माण गरिएको छ । बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले थुम्का डाँडाका दलित समुदायले आफ्नो जातिको पहिचानको लागि संग्रालय निर्माण गरेर दलितको पहिचान संरक्षण पुग्ने बताए। संग्राहालय ३८ लाख लागतमा  निर्माण भएको हो । पहाडी दलित समुदायको पहिचानको रुपमा निर्माण भएको सो सङ्ग्रहालय निर्माणका लागि प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयहरूबाट  सहयोग प्राप्त भएको शिल्पी संग्रहालयका अध्यक्ष अजय मजाकोटीले बताए  ।

संग्रहालय निर्माणका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशबाट १० लाख, बेसीशहर नगरपालिकाबाट ६ लाख ३३ हजार चार सय ६० रुपैयाँ, सांसद विकासकोषबाट एक लाख ५० हजार रुपैयाँ, तत्कालीन भूसंरक्षण कार्यालयबाट ७५ हजार ६ सय ४५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष मजाकोटीले बताए । उनका  अनुसार स्वदेश तथा विदेशमा रहेका स्थानीयहरूबाट, स्थानीय बाबा तथा आमा समूह, युवा क्लबबाट सङ्ग्रहालय निर्माणका लागि १६ लाख ९६ हजार आठ सय ९५ रुपैयाँ  रकम संकलन भएको थियो ।

पहाडी दलितहरुलाई फोकस गरेर पूर्वजहरुले बनाएका बस्तुहरु संग्राहलयमा राखिएको छ । आगामी दिनहरुमा सङ्ग्रहालयमा दलित जातिमा नाम कमाएका व्यक्तिहरुको इतिहास राख्ने तयारीमा रहेको अध्यक्ष मजाकोटीले बताए ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १२ : ३८ बजे