Logo

मुख्य समाचार

विवेकशिल साझाको महाधिवेसन आजवाट



काठमाडौं । बिभिन्न चिरामा छिन्न भिन्न भएका विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजवाट सुरू हुँदैछ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए ।

उनका अनुसार पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । महाधिवेसनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

महाधिवेसनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित बिद्यानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेसन पछि विवेकशिल बहुपदीय प्रणालीमा जानेछ ।

शुक्रबारवाट देखी सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशन शनिबारसम्म चल्नेछ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ७ : ०१ बजे