Logo

Breaking News 1

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिन सभासमक्ष राखेको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको छ । सभामा रहेको बहुमतले उनको प्रस्ताव अस्वीकृत गरेपछि प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लगि स्थगित भएको छ । योसँगै रावलले विश्वासको मत पनि लिन सकेनन् । उनले विश्वासको मत लिन नसकेपछि स्वतः पदमुक्त हुनेछन् भने संसद्को ठूलो दलको नेताको नेतृत्वमा सरकार बन्नेछ ।

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक गरी २९ जना प्रदेसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ६ : १३ बजे