Logo

Breaking News 1

राष्ट्रियसभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्यालले उमेदवारी दिँदै



काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले उर्मिला अर्याललाई उमेदवार बनाउने भएको छ । उनी सत्ता गठबन्धनको तर्फबाट उमेदवार बन्न लागेकी हुन् । संसद सचिवालयकाअनुसार उमेदवारी दर्ताका लगि आज दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय तोकिएको छ । अर्यालले पार्टीबाट जानकारी आएकाले आफूले उमेदवारी मनोनयन गर्न लागेको बताइन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले उमेदवार नउठाउने निर्णय गरिसकेको छ ।

 

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १२ : ०८ बजे